नियम १३
थप सुरक्षण नदिएको व्यहोरा प्रमाणित गर्ने
(१) ऐनको दफा ७३ बमोजिम कुनै धारकले विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिबाट थप सुरक्षण लिन चाहेमा सम्बन्धित विनिमेयपत्र र तत्सम्बन्धी कुनै कागजपत्र भए सो समेत संलग्न गरी मनासिब समयभित्र लेख्य प्रमाणक समक्ष उजूर गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उजूरी प्राप्त भए पछि लेख्य प्रमाणकले नियम १२ को उपनियम (२) र (३) मा उल्लेखित कार्यवधि अपनाई धारकलाई अनुसूची–४ को फाराम नं. १, २, ३ वा ४ बमोजिमको ढाँचामा थप सुरक्षण नदिएको व्यहोरा प्रमाणित गरी दिनुपर्नेछ ।